स्नातक तह प्रथम वर्षको परीक्षा वैशाख १६ गतेलाई सारियो

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ। वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो।

वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका थियो।

अब यी परीक्षाहरु वैशाख १० गते सञ्चालन नगरी वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ। सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर