काठमाडौं । नेपालमा आज शुक्रबार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १ हजार ८८३ जनाको नमूना परीक्षण गरिएको थियो जसमा १०६ जनामा संक्रमण पुष्टि भएको थियो। आज ४६ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर ४१४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा २५ जना संस्थागत आइसोलेशनमा‚ ७ जना आइसियूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।यो पनि, वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको एइपीए फिल्टरबाट बनेको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।

