काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
आज शनिबार जनकपुरधाम पुगेका खनालले एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताएका हुन्।
उनले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको जानकारी दिए। उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए। नेता खनालले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए।

