आगो निभाउने क्रममा जलेर घाइते भएका गुल्मीका कुँवरको पनि मृत्यु

काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा जलेर घाइते धनबहादुर जोगी कुँवरको मृत्यु भएको छ ।

५५ वर्षीय कुँवरको उपचारको लागि काडमाडौं ल्याउने क्रममा आज बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

यसअगाडि धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको थियो ।

धुर्कोट गाउँपालिका ३ अन्तर्गत बर्दबास सामुदायिक वनमा बिहिवार राति आगो निभाउने क्रममा आगोको लप्काले पोल्दा गम्भीर रुपमा घाइते भएका कुँवरको पाल्पामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो । सोहिक्रममा काठमाडौं ल्याउनेक्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर