रवि लामिछाने चितवन २ बाट दोस्रो पटक भारी मतसहित विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दोस्रो पटक विजयी भएका छन्। गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन्। लामिछानेले ५४ हजार १७६ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन्।

लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर