काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । अहिले यो समाचार तयार पार्दासम्मको अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ९६ मत पाएका छन् ।
यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८६ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत पाएका छन् ।

