काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक संजालमा फेसबुकमार्फत् कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका हुन्।
लामिछानेले लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो। आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला। हामी सिधै काममा लाग्न चाहन्छौं।’
चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रवि ५४ हजार १७६ मतसहित निर्वाचित भएका हुन्।

