हेटौंडा। बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। यसैगरी युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको छ।

