काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३(३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १(१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

