काठमाडौं। धनगढीमा एक पुरुषले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका ६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले आज बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले चौधरीले छोराको टाउकोमा ईंटा प्रहार गरेर हत्या गरेको बताएका छन्। तर हत्या गर्नुको कारण भने नखुलेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले पनि चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

