कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभयो ।

डा. भण्डारी नेपाल वायुसेवा निगमको विमानमार्फत साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुनेछ ।

अहिले उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नुभएको छ ।

आगलागीमा परी सांसद डा. भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा. भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर