काठमाडौं। विवाह गर्न अस्वीकार गरेको भन्दै एक प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका अनुमा श्रेष्ठल आत्महत्या गरेकी हुन्।
शनिबार काठमाडौं बोहराटारस्थित प्रेमी सुजनको घरमा गएर अनुमाले आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका थिए।

