काठमाडौं। आज सोमबार नेपाली बजारमा सेयर बजारमा ओरालो लागेको छ। आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ। ९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ।
यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ। आइतबार ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको छ। त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५५ प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता, सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ। यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ। यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ। आइतबार सबै उपसूचकहरु राताम्मै भएको छ।

