लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

लुम्बिनी प्रदेशसभामा ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ। उनलाई काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन-तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद तथा एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

त्यस्तै, विपक्षमा एमालेका २९ सांसदले मत दिए भने राप्रपाका चार सांसदले भने कतै मत दिएनन्। उनले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार तथा बाँडफाँट हुनेछ। हाल लुम्बिनीमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डे मन्त्री छन्। तर, उनीहरूको मन्त्रालय भने अझै टुंगिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर