उपेन्द्र यादवद्वारा सांसदको शपथ ग्रहण

काठमाडौं। बारा-२ बाट उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्षका उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन्। सिंहदरबारस्थित एक कार्यक्रमका बिचमा यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले यसअघि वैशाख १५ गते नै शपथ लिइसकेका छन्। यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन।

उपेन्द्र यादव यसअघि गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए। तर मंसिर ४ मै बारा-२ बाट जसपाबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि यादव बारामा सरेका थिए। उनले त्यहाँ जनमतका शिवचन्द्र कुशवाहालाई ५ हजार बढी मतले पराजित गरेर सांसद यात्रा तय गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर