काठमाडौं। नेपालमा आज थप देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५३२ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २२० पुगेको छ ।
आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १२ जना आइसीयुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

