१२ सयले बढेर सुन आज तोलामा एक लाख ११  हजार आठ सय पुग्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय