एजेन्सी । युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ ।
रूसकाे राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेकाे समयमा युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकाे हाे । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन-क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेकाे हो ।
रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो आएको देखिएकाे छ। १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।