प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

काठमाडौं। प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ। बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत गरेका हुन्। राजीनामा स्वीकृत भएको पत्र प्राप्त भएको प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले जानकारी दिए।

एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका थिए। बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए।

प्रतिक्रिया

सम्बन्धित खवर