बलिउड अभिनेता आमिर खान नेपालमा

काठमाडौं। भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौं आइपुगेका छन्। अभिनेता आमिर आज बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले स्वागत गरेका छन्। खान एयरपोर्टबाट सिधै बुढानीलकण्ठतिर लागेका छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा आमिरले १० दिन ध्यान गर्ने बताइएको छ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए। मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिएका बलिउड अभिनेता आमिरको फरक छाप र छवि छ। पछिल्लो समय लालसिंह चड्डा बक्स अफिसमा असफल भएपछि उनी अभिनयबाट टाढा छन्। तर बलिउडलाई उनले कैयौं हिट फिल्म दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय