राजनीतिक शक्तिले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन् : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको बताएका छन्।

डा भट्टराईले आज हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिए। उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गरे।

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरू एकता गरेर अघि बढ्ने बताए। उनले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर