सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं। सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबीसहित उनकै गृहजिल्लाबासी विकाशकुमार ठाकुरले सोमबार अख्तियारमा उजुरी दिएका हुन्।

सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकले दाबी गरेका छन्। लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह गत निर्वाचनमा स्वतन्त्र उठेर चुनाव जितेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर