काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ। राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य रायमाझीलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढेको थियो। प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

