काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि शुरू हुँदैछ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि शुरू हुने छ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरूटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायत एजेन्डामा छलफल हुने छ।
एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष ९दुई गैरभौगोलिक० हरु सहभागी हुनेछन् ।

