कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?

काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय