काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेका छन्। शुक्रबार बिहान बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्याउन लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन्। रास्वपाका एक नेताका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए।

