काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार(आज) बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
यस्तै, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पेस गर्न लागिएको हो । बस्नेतको ७८ वर्षको वैशाख २९ गते (शुक्रबार) निधन भएको थियो ।

