टोपबहादुर रायमाझीको बयान सकियो, खाँणको आजै सक्ने तयारी

काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई गत वैशाख ३१ गते प्रहरीले काठमाडौबाट पक्राउ गरेको थियो।

सोमबार अदालतबाट तीन दिन हिरासतमा राख्ने म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो। प्रहरी र सरकारी वकिलले रायमाझीसँग साढे ५ घन्टा लामो बयान लिएको हो।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पनि सोमबार नै बयान सुरू भएको थियो। तर अस्वस्थ भएकाले उनको बयान सकिएको थिएन। उनको जम्मा डेढ घण्टामात्रै बयान भयो।

अर्का प्रतिवादी पूर्वगृहमन्त्री खाँणको डेढ घन्टा मात्र बयान लिएको र बाँकी बयान आज सक्दै अभियोगपत्रको तयारीमा लाग्ने अनुसन्धान टोलीको लक्ष्य छ। केही दिनभित्रै अदालतमा मुद्दा दायर गर्नुपर्ने दबाबका कारण प्रहरीले धमाधम बयान गराउने, साक्षी बुझ्न र आवश्यक प्रमाणहरु जुटाउने कार्य गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर