काठमाडौं । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने भएको छ।
यही आर्थिक वर्षदेखि गाभेर प्रसारण गरिने घोषणा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो।
यसैगरी सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिललाई अब मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताइएको छ।
समानुपातिक विज्ञापन प्रणालीलाई निरन्तरता दिनुका साथै इन्टरनेटबाट गरिने विज्ञापन नियमन गरिने घोषणा गरिएको छ।

