नाउपाद्वारा नेपाल बन्द फिर्ता

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले भोली ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ।

जारी विज्ञप्तिमा जेठ ३, ४ र ५ गते मशाल जुलुससहित कोणसभालगायतका कार्यक्रमलाई भने निरन्तरता दिइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर