मुसा देखिएपछि बुद्ध एयरको उडान स्थगित

जनकपुरधाम। जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ। शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको उडान नम्बर–५०२, ९एन–एजेएल विमानको उडान स्थगित भएको हो।

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए। उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो।

जहाजमा ४९ यात्रु रहेका थिए। प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर