काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। सन्दीपको मुद्दाको न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेशी तोकिएको छ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप विरुद्धको जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सन्दीपलाई तुरुन्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो। तर, उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि थुनामुक्त भएका सन्दीपमाथिको निलम्बन फुकुवा भएको थियो। सन्दिपलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गरिएको छ।

