नीति तथा कार्यक्रम फिर्ता लिन सरकारसँग ओलीको आग्रह

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘नीति कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्।’

अध्यक्ष ओलीले नीति कार्यक्रममा देशको हित हुन सक्ने र कुनै योजना नभएकाले फिर्ता लिएर फेरि लेख्ने भए प्रतिपक्षी दलको साथ रहने बताए।देशको वास्तविक समस्या लुकाएर नीति कार्यक्रममा दोधारे कुरा राखिएको भन्दै उनले व्यङ्ग्य गरे, ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर