नेप्सेमा आज ५.८८ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आज ०.३१ प्रतिशतले सेयर बजार बढेको हो ।

नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार माथिको कारोबार भएको हो ।

आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उपसूचकहरूमा समेत मिश्रित नजिता आएको छ । आज विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।

आज राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५६ प्रतिशतले गुमाए । शिवं सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी, सिटिजन्स इन्भेस्टमेन्ट ट्रष्ट, नेपाल टेलिकमसहितका कम्पनीको बढी कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर