बागमती प्रदेशका नवनियुक्त छ मन्त्रीले लिए शपथ

काठमाडौं। बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए।

जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्।

यस्तै तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामकृष्ण चित्रकारको भने पछि जिम्मेवारी तोकिनेछ। यस्तै डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दा, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात, पुकार महर्जन पर्यटन, उद्योग तथा सकारी, उत्तम जोशी स्वास्थ्य र मनिसा खड्का वन तथा वातावरण मन्त्री बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर