काठमाडौं। संघीय संसद प्रनिधिसभाको बैठकमा आज सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन्। राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे बस्दैछ। राष्ट्रियसभा बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

