ओलीले संसदमा सम्बोधन गरेर पीडा र व्यथा पोखे : माधव नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए। आइतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए।

सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गरे। उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए।

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोपसमेत लगाए।

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले दोहोर्‍याए। अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए।

प्रतिक्रिया

सम्बन्धित खवर