काठमाडौं। आज नेप्से परिसुचक ८.१० अंकले बढेको छ। कारोबार समयमा केही घटेपनि अन्तिम समयमा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो। यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ।
यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ। नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ। यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ।यस्तै, आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ।
आज यो कम्पनीको सेयर ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो। यसपछि सोल्टी होटलको सेयर ६ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ।
परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ।व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन्। यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन्।