प्रचण्डले आज नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ। राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन्।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर