कांग्रेस आजबाट मधेश सरकारमा सहभागी

काठमाडौं। नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ। कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ।भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन्।

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए। यादव रौतहटको क्षेत्र नम्बर-१ प्रदेशसभा (२) बाट विजयी प्रदेश सभा सदस्य हुन्। त्यसैगरी सिंह सर्लाहीको क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर