काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै आज मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।

