काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनुभएको हो ।
प्रधानमन्त्रीले हिजो जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री हुनुहुन्छ ।
योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

