जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ। आज बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्।
लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको छ। उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन्। कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन्।

