एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरोध

काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो।

एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर संसद अवरोध गरेको हो।सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर