भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकल्प छैन : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकल्प नभएको बताएका छन्। शनिबार प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए। उनले जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प आफूहरुसँग नभएको बताए। उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको भन्दै केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुने बताए।

उनले भने –’जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु।’

‘जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ। कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन,उनले भने।’

प्रतिक्रिया

सम्बन्धित खवर