शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भुटानी शरणार्थीको मुद्दा लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताएका हुन्।

उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान पनि आग्रह गरे। खनालले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए।पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए।

खनालले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्ण रूपले टुङ्गोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर