काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ ।
सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।
स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए ।
आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ ।

