काठमाडौँ । नेपाली कांग्रेसका सांसद रमेश लेखकले नीति तथा कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र भएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लेखकले नीति तथा कार्यक्रमले मुख्य तीन विषय बोक्नुपर्ने समेत बताएका हुन् ।
नीति तथा कार्यक्रमले देशको तत्कालीन आर्थिक विषयमा विश्लेषण तथा सूक्ष्म अध्ययन गर्नुपर्ने लेखकले बताए । यस्तै, दोस्रो विषय मुलुकको तात्कालिक समयको आवश्यकता र प्राथमिकतामा उभिएर निश्चित गन्तव्य निर्धारण गर्नुपर्ने समेत उनको भनाई छ ।

