मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ।आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन्।

त्यस्तै, बैठकले आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।

सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ। वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरिएको छ।

गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्। त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन्। कानुनअनुसार र उक्त निर्णय गरिएको मन्त्री शर्माको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर