काठमाडौं । सरकारले यस वर्ष २५ हजार भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै भूमि आयोगमार्फत २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरिका ११० स्थानीय तहका २५ हजार भूमिहीनले यस्तो लाभ लिनेछन्।
त्यस्तै मालपोत र नापी कार्यालयलाई थप व्यवस्थित बनाइने र अनलाइन सेवा प्रवाह गर्ने उहाँको भनाइ छ। उहाँले सेवाग्राही अनलाइनमार्फत नै नक्सा आदिलगायतका काम गर्न सकिने बताउनुभयो ।

